सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, माघ १३ । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै, भक्तपुरको राधेराधेस्थित “Sigma Diagnostic Laboratory” सँग विशेष सम्झौता गरेको छ। यस सम्झौताअन्तर्गत, बैंकका ग्राहकहरूले उक्त प्रयोगशालामा स्वास्थ्य परीक्षण सेवामा ४०% सम्म छुट पाउनेछन्।
ज्योति विकास बैंकले ग्राहकहरूलाई अझ धेरै सुविधा प्रदान गर्न देशका विभिन्न व्यवसायहरूसँग सहकार्य गरिरहेको छ। यसै क्रममा, हालै बैंकले धुलिखेलस्थित ‘दुसित थानी हिमालयन रिसोर्ट’ मा १५% र ‘हिमालय दृष्य रिसोर्ट’ मा १०% छुट उपलब्ध गराउने सम्झौता गरेको छ।
ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ। मुनाफाको ५०% बढी हिस्सा सामाजिक कार्यहरूमा छुट्याउँदै, बैंकले समाजको दिगो विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।
बैंकले नवजात शिशुहरूको जीवन रक्षा गर्न “न्यानो नानी” परियोजनामार्फत विशेष पहलकदमी चालेको छ। यस परियोजनाले हरेक वर्ष १८८७ भन्दा बढी शिशुहरूको अकाल मृत्यु रोक्न सफल भएको छ, जसले बैंकलाई समाजसेवामा अग्रस्थानमा राखेको छ।
बैंकले हालसम्म देशभर १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर, र ७५ वटा एटीएममार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ। ग्राहकहरूको सुविधाका लागि बैंकले डिजिटल बैंकिङ सेवामा पनि नवीनतम प्रविधिको प्रयोग गरिरहेको छ।
“स्वस्थ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो” भन्ने दृष्टिकोणका साथ ज्योति विकास बैंकले स्वास्थ्य, शिक्षा, र समाजसेवामा योगदान पुर्याउने कार्यलाई निरन्तरता दिएको छ। बैंकले भविष्यमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत परिवर्तनको ज्योति फैलाउने प्रतिबद्धता व्यक्त गरेको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा