सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काभ्रे, माघ १३ । सिन्धु विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता प्रवर्धनका लागि हेटौँडा र पालुङ्गमा विशेष कार्यक्रम सम्पन्न गरेको छ।
हेटौँडाको शाखा कार्यालयको आयोजनामा माघ ९ गते हेटौँडा उपमहानगरपालिका-८ कमानेस्थित श्री चन्द्रोदय माध्यमिक विद्यालयमा र पालुङ्ग शाखाको आयोजनामा माघ १० गते थाहा नगरपालिका-३ घट्टेचौरस्थित श्री जनकल्याण माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा श्री चन्द्रोदय विद्यालयका कक्षा ११ र १२ का ८० जना विद्यार्थी तथा जनकल्याण विद्यालयका कक्षा ११ र १२ का ६५ जना विद्यार्थी सहभागी भएका थिए।
कार्यक्रममा सिन्धु विकास बैंकका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई बचत र कर्जाको महत्त्व, खर्च र बजेट व्यवस्थापन, लगानीका आधारभूत सिद्धान्त तथा
डिजिटल बैंकिङ प्रणालीको प्रयोग, सुरक्षा, र चुनौती विषयहरूमा जानकारी प्रदान गरेका थिए ।
कार्यक्रमले विद्यार्थीहरूलाई व्यक्तिगत वित्तीय ज्ञान र जिम्मेवार आर्थिक व्यवहारबारे शिक्षित गर्दै बैंकिङ प्रणालीप्रति उनीहरूको पहुँच र विश्वास वृद्धि गर्ने उद्देश्य बैंकले राखेको छ।
सिन्धु विकास बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त क्षेत्रीय विकास बैंक हो। बैंकको कार्यक्षेत्रमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन, र मकवानपुर जिल्लाहरू पर्दछन्। बैंकले हालसम्म २६ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा