सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १३ माघ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान र प्रेरणा प्रदान गर्न “लिडर्स नाइट वीथ भुषण दाहाल” कार्यक्रम चितवनको सौराहास्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ।
दुई रात तीन दिनसम्म सञ्चालन गरिएको यस कार्यक्रम कम्पनीका २०८१ साल श्रावण महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनामा लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई सम्मान गर्न र उनीहरूलाई नेतृत्व विकाससम्बन्धी प्रशिक्षण प्रदान गर्न आयोजना गरिएको थियो।
कार्यक्रममा सहभागिता जनाउने करिब २२५ जना उत्कृष्ट अभिकर्ताहरूले गैंडाकोटस्थित मौलाकालिका मन्दिरको दर्शन र दियालो बंगला संग्रहालय अवलोकन गर्ने अवसर पाए। साथै, नेपालका चर्चित वरिष्ठ पत्रकार भुषण दाहालसँग विशेष सत्रमा सहभागी हुने मौका पनि पाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि दाहालले नेतृत्वका आधारभूत सिद्धान्तहरूबारे प्रशिक्षण प्रदान गर्दै, नेतृत्वकर्ताले स्पष्ट दृष्टिकोण राख्दै हजारौं प्रश्नको जवाफ दिने आँट र साहस राख्नुपर्ने धारणा राखे। उनले सहभागिता जनाउने अभिकर्ताहरूलाई आफ्नो अनुभव र ज्ञान बाँड्दै प्रेरित गरेका थिए।
कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरूलाई सम्मानपत्र प्रदान गर्दै उनीहरूको योगदानको कदर गरिएको थियो। सम्मानित अभिकर्ताहरूले यस्तो कार्यक्रमले आफ्नो पेशागत विकासमा योगदान पुर्याउनुका साथै थप ऊर्जा र प्रेरणा दिएको बताएका छन्।
कार्यक्रममा बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा, प्रदेश प्रमुखहरू, र विभिन्न शाखाका प्रमुखहरूको समेत उपस्थिति थियो। कम्पनीले अभिकर्ताहरूको क्षमता विकासमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।
“लिडर्स नाइट” कार्यक्रमले नेशनल लाइफ इन्स्योरेन्सका अभिकर्ताहरूबीच उत्साह र प्रेरणा थप्न महत्वपूर्ण भूमिका खेलेको छ। यस्तो कार्यक्रमले भविष्यमा अझ राम्रो व्यवसायिक नतिजा ल्याउने अपेक्षा गरिएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा