सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १३ माघ । साताको पहिलो कारोबारको दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ४१ अंकले घटेर २ हजार ६४३ दशमलव ९३ विन्दुमा झरेको छ ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको यसदिन ३१८ वटा कम्प्निको १ करोड ५७ लाख कित्ता शेयर ९ अर्ब १२ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरे सप्तकोशि डेभलपमेन्ट बैंकको ३९ करोड ५३ लाखको शेयर किनबेच भयो ।
आज विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर ४।७६ प्रतिशतले ओरालो लागेको छ ।
यसदिन बोटलर्स नेपाल (बालाजु), एनआईसी एशिया डिबेन्चर २०८२/८३, दोल्ती पावर कम्पनी र जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन उपकार लघुवित्त र माथिल्लो मैलुन खोला जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा