सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
खोटाङ, ११ माघ । खोटाङको दिक्तेलस्थित शुभद्रा मदन फाउन्डेसनका संस्थापक तथा कृषि विज्ञ मदन राई बाल यौन दुर्व्यवहारको मुद्दामा दोषी ठहर भएका छन्। जिल्ला अदालत खोटाङले शुभद्रा मदन फाउन्डेसनमा अध्ययनरत बालिका तथा किशोरीहरूमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा राईलाई दोषी ठहर गरेको हो।
जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालले माघ १० गतेको इजलासमा राईलाई बाल यौन दुर्व्यवहारको मुद्दामा दोषी ठहर गर्दै निर्णय सुनाएका हुन्। तर, कैद सजायको फैसला भने माघ २५ गतेको इजलासले गर्ने बताइएको छ।
मदन राईमाथि विद्यालयमा अध्ययनरत छात्राहरूलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दर्ता भएको थियो। पीडित छात्राहरूको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरी मुद्दा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा दर्ता गराएको थियो।
यो मुद्दाको कैद सजायको फैसला भने माघ २५ गएको इजलासले तोक्ने छ।
यो घटनाले बालबालिकाको सुरक्षा र शिक्षण संस्थाहरूमा यौन हिंसाविरुद्ध कडा कदम चाल्नुपर्ने आवश्यकतालाई फेरि एकपटक सतहमा ल्याएको छ। अदालतको निर्णयसँगै पीडितले न्याय पाउने आशा गरिएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा