सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १३ माघ । देवघाट महामहोत्सवमा यतिबेला ठूलो संख्यामा भक्तजनहरुको उपस्थिती भइरहेको छ । जसअन्र्तगत देवघाट महामहोत्सवको बाह्रो दिनमा षटतिला एकादशीको पावन अवसरमा पवित्र गण्डकी र त्रिशुलीको संगम मा स्नान र देवघाट क्षेत्रको दर्शनका लागि करिब तीन लाख भक्तजनको सहभागीता रहेको आयोजकले जनाएको छ ।
बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको थियो भने मध्यान्हसम्ममा यस संख्या झन् बढ्दै गएको थियो । दशमीको साँझदेखि नै भक्तजनहरूको भव्य उपस्थिति देखिएको महोत्सवमा आजको दिनले विशेष चहलपहलबढेको आयोजकको भनाई रहेको छ । मातापिता सेवाश्रम परिसरमा शनिबार साँझ ६ बजेबाट नै निरन्तर भण्डाराको चलिरहेको थियो । महोत्सवमा आउने भक्तजनहरूको संख्यामा दैनिक रूपमा वृद्धि भइरहेकाले आयोजकहरूले रात्रिकालीन बसोबासका लागि थप २० वटा विशेष क्याम्पिङ टेन्टहरूको व्यवस्था गरेका छन्। यी टेन्टहरू विशेष रूपमा टाढाबाट आएर महोत्सवमा सहभागी भई रातभर बस्न चाहन्छने भक्तजनका लागि उपलब्ध गराइने छ ।
देवघाट दिव्यधाम निर्माणका लागि भक्तजनहरूले गर्ने जग शीला पूजाको कार्यमा पनि भक्तहरूको लामो लाइन देखिएको छ। श्रद्धा र भक्तिभावसहित भक्तजनहरूले दिव्यधाम निर्माणमा योगदान पुर्याइरहेका छन्। यो पूजामा सहभागी हुने भक्तजनहरूको संख्या दैनिक रूपमा बढिरहेको छ।महोत्सवका अन्य गतिविधिहरू पनि विशेष रूपमा सम्पन्न भइरहेका छन्। दिनभर कथा, प्रवचन र भजनकीर्तनका कार्यक्रमहरू चलिरहेका छन् ।
अनेक प्रवचनकारहरूका अमूल्य सन्देशले भक्तजनहरूलाई धार्मिक ज्ञान र भक्तिमा थप प्रोत्साहित गरिरहेको छ। सँधा झैँ साँझ पनि विशेष कोटी दीप प्रज्वलनको कार्य सम्पन्न गरिएको थियो । गण्डकी नदीको किनारमा लाखौँ दीप प्रज्वलित गरी विशेष महाआरतीको आयोजना गरिएको थियो । यो महाआरती माघ महिना भर नै प्रत्येक साँझ ५ बजे हुने गर्छ। गण्डकी नदीको आरतीमा उपस्थित हुने भक्तजनहरूले अलौकिक शान्ति र आध्यात्मिक ऊर्जा प्राप्त गर्ने अनुभव गरेका छन्।
देवघाट महामहोत्सवको १२औं दिन भक्तिभाव, सेवा, र समर्पणका दृष्टिले उल्लेखनीय भैरहेको छ । षटतिला एकादशीको पावन अवसरमा लाखौँ भक्तजनहरूको उपस्थितिले देवघाटको महत्त्वलाई अझ प्रबल बनाएको छ। महोत्सवका अवशेष दिनहरूमा समेत यस्तो भक्तिभाव र चहलपहल निरन्तर रहने अपेक्षा गरिएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा