सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
प्रमिला कार्की / काठमाडौँ, १३ माघ । काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रमा नमूना र उत्कृष्ट परिणाम दिनेगरी काम गरिरहेको छ । महानगरले विद्यार्थीहरुलाई केन्द्रबिन्दुमा राखेको छ । यसमा चारवटा आयाममा मुख्य रुपमा काम गरिरहेको छ । पहिलो कुरा भनेको विद्यार्थी सुरक्षा हो । सुरक्षित हुनको लागि भौतिक संरचनामा लगानी हो । लगानी चाहीं प्लानिङको बेसमा गर्नुपर्ने हुन्छ । त्यसका लागि हामीले काम गरिरहेका छौँ । अहिले एसएसमेन्टको माध्यमबाट विद्यार्थीको लागि विभिन्न मापदण्डहरु फलो गरेर काम गरिरहेका छौँ । बिल्डिङको स्टकचर तयार भइसकेपछि विद्यार्थीको लागि टिचिङ लर्निङका लागि स्रोत जुटाउने प्रयास भएको छ ।
विद्यालयमा विशेषगरी विद्यार्थीहरुको सिकाइ गतिविधिलाई पर्याप्त मात्रामा गराउन आइसीटीका टुल्सहरु, किताबहरु, पुस्तकालय निर्माण, विज्ञान, गणितका ल्याबहरु, सोसल गतिविधिका सेवा सुविधाहरु उपलब्ध गराउनुपर्छ भन्ने मान्यता राखेका छौं । गर्भनेन्स र म्यानेजमेन्ट पारदर्शि हुनुपर्छ भन्नेमा दृढ छौं ।
यसमा शिक्षण सिकाई विधिलाई महत्वपूर्ण मानेका छौं । शिक्षकमा लगानी गर्दा पेडागोजीमा पनि इन्भेस्ट गर्नुपर्ने हुन्छ । जहाँ शिक्षकको क्षमता वृद्धि हुन्छ । शिक्षक विधि सँगसँगै विषयबस्तुको पनि ज्ञान विद्यार्थीलाई राम्रोसँग दिनुपर्ने हुन्छ । कतिपय विषयवस्तुमा कुराहरु परिमार्जन भइरहेका हुन्छन् । नयाँ करिकुलमका मापदण्ड अनुसार चाँही शिक्षक तयार रहनुपर्छ भन्ने हो । हामीले आफ्नो कन्टेनलाई पनि नयाँ करिकूलनमको विधिसँग मिलाउनु सक्नुपर्छ ।
काठमाडौं महानगरपलिकाले ‘बुक फ्रि फ्राइडे’ भन्ने अवधारणा अघि सारेको छ । जसमा पाँचवटा स्तम्भ रहेका छन् । बुक फ्रि फ्राइडे फाउण्डेसनले पाँचवटा स्तम्भलाई सेटप गर्नेगर्छ । पाँचवटा स्तम्भहरुमा शिक्षकलाई महानगरले तयारी अवस्थामा नै राखेको छ । शिक्षकको लागि पूर्ण रुपमा लगानी गर्यौं भने त्यसको उपलब्धि विद्यार्थीहरुमा देखिन्छ । त्यसैले महानगरले विद्यार्थीहरुको लागि इन्गेज गरिरहेको छ । शिक्षकलाई विधिमा मात्र सिमित राख्दा आइटी अथवा कन्टेन डेलिभरीमा पनि शिक्षकहरुलाई इन्गेज गरिरहेका छौँ । यसको लागि शिक्षक–कलेज कार्यक्रम, टिचर कलेज कार्यक्रम पनि गरिरहेका छौँ । यसले शिक्षकलाई निरन्तर अध्ययन गर्ने वातावरण सिर्जना समेत गरिरहेको छ ।
काठमाडौं महानगरमा हाल ८७ वटा सामूदायिक स्कुल रहेका छन् । त्यसमा तीनवटा विद्यालय जेलभित्र छन् । जेल भन्नाले १८ वर्षभन्दा माथि उमेर भएका जुन कारागारमा जानुहुन्छ उहाँहरुका लागि विद्यालय व्यवस्था गरेका छौं । जिम्मेवार नागरिक बनाउनका लागि जेलभित्र पनि विद्यालय बनाएका हौं । एउटा महिला कारागारमा छ जुन बेसिक लेबलको विद्यालय छ । अर्को पुरुष कारागारमा छ त्यो पनि बेसिक लेबलको विद्यालय नै हो । काठमाडौं महानगरसँग चारवटा स्पेसल स्कुल छन् । यतिबेला ८ लाख ५० हजार विद्यार्थीहरुको संख्या छ ।
काठमाडौं महानगरपालिका भित्र कक्षा १० सम्मका विद्यार्थीहरुलाई खाजाको व्यवस्था गरेका छौं निशुल्क रुपमा । विद्यालमा नर्सको व्यवस्था छ हेल्थ सपोर्टको लागि । ल्यावहरु छन् । आफूले सिकेका जानेका कुरा त्यहाँ प्रयोग गर्नुहुन्छ । आइटी ल्याब छ । विद्यालयमा नयाँ इनोभेटिभ विद्यालयहरुमा कार्यक्रमहरु पनि सञ्चालन गरेको छौं । शुक्रबारको दिन अलग्गै कार्यक्रमहरु छन् । सामुदायिक विद्यालयका विद्यार्थीहरु ३५ वटा विधाहरु छन् जसमा आफ्ना इच्छा अनुसार सहभागी गराउन सकिन्छ ।
सामुदायिक विद्यालयमा विद्यार्थीको सिकाइमा सेफ्टी कल्याणमा एकदम धेरै फोकस गरेको छौं । त्यसको लागि शिक्षकमा लगानी गरिरहेका छौं । विद्यालयको सरसफाईमा पनि उत्तिकै ध्यान दिएको छौं । डि क्लिनिङमा एक्स्पर्ट संघ संस्थाहरुलाई ल्याएर पनि काम गरिरहेको छौं । हराभरा गराउने काममा लागेका छौं । काठमाडौं महानगरपालिका भित्रका सामूदायिक विद्यार्थीहरुले अझै राम्रो सिकाई पाइराख्नु भएको छ ।
विद्यालयहरुको मूल्याङ्कन र वर्गीकरणका विभिन्न पाटोहरु छन् । एउटा एसईईको पाटो भयो, त्यसबाट पनि वर्गीकरण गर्छौ । विद्यागर्थीको अहिले महानगरपालिकाले नै जाँच लिइरहेको छ । पहिला स्कूल स्कूलले जाँच लिने गर्दथ्यो । अहिले नयाँ अभ्यास गरेका हौं । प्रश्नपत्र चाँही सेन्ट्रलाइज रुपमा बन्छ । विद्यालयको सिकाइ, ईन्ट्रनसिप ग्रेड पनि हेरिरहेका छौं । विद्यालयमा सफा पानीको अवस्था पनि हेर्छौ । कक्षाकोठाको अवस्था पनि मूल्याङकन गर्छाैं । सँगसँगै शिक्षहरुले इनोभेटिभ अभ्यासहरु पनि हेर्छौ । बजेटको सदुपयोगको अवस्था पनि हेर्ने गरेका छौं । जंक फुडलाई हामीले पूरै हटाएका छौं । यस्ता विविध क्षेत्रलाई विद्यालयको मुल्याङ्कन गरिरहेका हुन्छौं ।
काठमाडौं महानरपालिका भित्र निजी र सामूदायिक विद्यालयमा खासै फरक छैन् । पछिल्लो एसईईको रिजल्ट हेर्दा सामूदायिक विद्यालयको ७८ प्रतिशत विद्यार्थीले बि अथवा बिभन्दा माथि ग्रेड ल्याएको पाइन्छ । निजी विद्यालयको पाएको तथ्यांक जुन छ त्यसको ८८ प्रतिशतदेखि ९० प्रतिशत बि अथवा त्यो भन्दा माथि ग्रेड ल्याएको पाइएको छ । एसईईलाई हेर्दा १० प्रतिशत सामुदायिक विद्यार्थी तल देखिन्छन ।
हाम्रो लगानी अनुसार आगामी दुई वर्ष भित्रमा ग्रेडका आधारमा बराबर हुनेछौं । त्यसमा निजी र सामुदायिक दुबैको राम्रो बनाउने प्रयास हुनेछ । अहिले काठमाडौं महानगरपालिकाले पूर्वाधार मूल्याङकन गरेर विद्यार्थीको सेफ्टी पाटोलाई पनि हेरिरहेका छौं । पूर्वाधार मूल्याङकनको मापदण्डहरु निजीमा लागू नभएको पनि पाइएको छ । त्यसैले पूर्वाधार मूल्याङकनको पाटोमा अलिक बढी खुशी छौं । कक्षाकोठामा स्मार्ट बोर्डको व्यवस्था गरेका छौं ।
सामूदायिक विद्यालयका विद्यार्थीले निशुल्क रुपमा पढ्न पाएका छन् । जाँचको पैसा पनि तिर्नु पर्दैन् । खाजा पनि दिएका छौ । त्यसमा पनि स्थानीय खानाहरुलाई कसरी प्रमोट गर्न सक्छौ भनेर काम पनि गरेका छौं । बाहिरको खाना र जङ्फुड स्कुलमा दिदैँनौ ।
यस्तो कुरा संस्थागत स्कुलमा पनि होला तर सामुदायिकमा पूर्ण रुपमा नै छ । संस्थागतको पाटोमा सबै विद्यालयमा यस्तो प्रकारको अभ्यास नगरेको पाइरहेका छौ । संस्थागत विद्यालयहरुमा शिक्षकमा लगानी गर्न, टिचर कलेज कार्यक्रमको माध्यमबाट खुल्ला गरेका छौ । उहाँहरुलाई तालिम दिनको लागि पहिला सामुदायिक विद्यालयको शिक्षकहरुलाई मात्र तालिम दिने गरेका थियौ । भने अहिले संस्थागत विद्यालयहरुमा पनि नयाँ अभ्यासहरुको तालिम दिन थालेका छौ । यस्तै विषयगत कुरामा पनि शिक्षकहरुको क्षमता वृद्धि गर्नको लागि लगानी बढाएका छौं ।
संस्थागत विद्यालयमा लगानी गर्ने कुरा हुदैँन तर कतिपय पाटोमा सचेत गराउने काम चाही गर्छौ । प्रविधिमैत्री शिक्षा हाम्रो प्राथमिकता नै हो । प्रविधिको ज्ञान शिक्षकमा हुनैपर्यो र त्यसलाई सही तरिकाले प्रयोग पनि गर्नुपर्छ । यस्तो कुरा पनि सिकाउनैपर्छ ।
करिब दुई हजार जना शिक्षकलाई तालिम दिएका छौ । टिचर कलेज कार्यक्रमबाट सबैलाई पहुँच दिएका छौ । अनलाइन पनि तालिम दिएका छौ । तालिम दिइसकेपछि शिक्षकहरुले एउटा रिपोर्ट बुझाउनु पर्छ । त्यो पनि इमेलको माध्यमबाट पठाउनुपर्छ । यसबाट सिकेको कुरा व्यवहारमा लागू गर्न सजिलो हुने देखियो ।
काठमाडौं महानगरपालिकाले शिक्षाको क्षेत्रमा तीन अर्व ४८ करोड ६४ हजार बजेट हो । त्यसमा संघबाट एक अर्व ३२ करोड ९ लाख ६९ हजार पाएको छौ । आन्तरिक चाहीं दुई अर्व १५ करोड ९२ लाख ९५ हजार आन्तरिक बजेट हो । यो बजेट चार वटा सेक्टरमा खर्च गरेका छौं । प्लानिङ, डिजाइनिङ, कन्सटक्चरको पाटो समेटेका छौं । अनुसन्धानको लागि चाहिने सामग्री, शिक्षकहरुमा क्षमता बिकास गर्ने, इनोभेसन, म्यानेजमेन्टहरुमा लगानी गरेका छौ । खाजामा तीन अर्ब ४८ करोड २ लाख ६४ हजार बजेटमा २३ करोड दिवा खाजामै खर्च हुने गर्छ ।
काठमाडौं महानगरपालिकाका उत्कृष्ट नमुना विद्यालय भनेर छुट्याउने गरेको छैन । विश्व निकेतन नमुना विद्यालय हो तर हामीले छुट्यएका छैनौ । हाम्रो मापडण्ड छ त्यसैअनुसार काम गरिरहेका छौं । काठमाडौं महानगरपालिकामा सामुदायिक विद्यालयभित्र पनि १० प्रतिशत भन्दा कम नतिजा ल्याउने अर्थात ग्रेडिङमा बि भन्दा कम ल्याउने विद्यालयहरु १४ ओटा छन् । ९० प्रतिशत बि वा बि भन्दा माथि ल्याउने छन् । केही विद्यालयहरु सघर्ष गरिरहेका नतिजा कमजोर छ । त्यसमा हामीले काम गरिरहेका छौ । बैशाखबाट नै एस्ट्रा क्लासहरुको व्यवस्था गरेका छौ । धेरै विद्यालयहरु छन् अहिले सुधार गरिरहेका छन् । काठमाडौं महानगरपालिकाका विगत तीन बर्षको नतिजा हेर्दा धेरैजसो विद्यालयहरुले सुधार गरिरहेका छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा