सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपमेलो स्टुडियोले नयाँ शो ‘नेपमेलो सिंगर्स अन माइक सिजन १’ को पहिलो एपिसोड सार्वजनिक गरेको छ । शोको पहिलो एपिसोडमा बुटवलकी सुजाता पाण्डेको प्रस्तुति देख्न सकिन्छ ।
उनले शो मा तेजप्रसाद पाण्डेको शब्द तथा संगीत रहेको ‘पहिलो माया’ बोलको मर्मस्पर्शी गीत गाएकी छिन । सार्वजनिक गरिएको कार्यक्रमको पहिलो गीत र सुजाताको स्वरले दर्शकमा थप उत्साह सिर्जना गरेको छ ।
सुजातालाई गितारमा चर्चित गितारिस्ट सन्जिब बराईली र बाँसुरीमा रत्न बिकेले साथ दिएका छन । प्रकाश मिश्राले मिक्सिङ तथा मास्टरिङ गरेको गीत ‘अकाउस्टिक नेपाल’ को स्टुडियोमा खिचिएको हो ।
झन्डै ६ महिना लामो अध्ययन र तयारीपछि नेपमेलोले ‘सिंगर्स अन माईक’ दर्शकमाँझ ल्याएको हो । यो कुनै रियालिटी शो हैन । रियालिटी शो जस्तै देखिने यो एक रियल शो हो जहाँ प्रस्तुति दिने गायक–गायिकाले आफ्नै गीत गाउनु पर्नेछ । गीत गाउने गायक नै स्टेजमा हुने कन्सेप्ट र नयाँ अवधारणासहित सुरु गरिएको यो कार्यक्रममा कुनै प्रतिस्पर्धा र पुरस्कारको व्यवस्था छैन ।
अहिले कति गायक–गायिकाको गीत सुपरहिट भएपनि सो गीत खासमा कसले गाएको हो भन्ने बारे दर्शक अनविज्ञ रहने भएकाले जसले गाएको हो उसैलाई स्टेजमा उतार्ने नेपमेलोको मुल उदेश्य हो । आफ्नो यो प्रकारको फरक प्रस्तुतिले दर्शकलाई भरपुर रमाइलो, ज्ञान र आनन्द प्राप्त हुनेमा नेपमेलो विश्वस्त छ ।
दर्शकले यस कार्यक्रममा नयाँ कलाकारका साथै अग्रज र अहिलेका चल्तीका गायक–गायिकाको प्रस्तुती देख्न सक्नेछन ।
कार्यक्रमबारे जानकारी दिए लगत्तै निर्माण टिमलाई करिब २५० वटा गीतहरु प्राप्त भएका थिए। जसबाट टिमले पहिलो चरणको लागी २४ वटा गीत छनोट गरेको थियो। बाट पनि ५ वटा नाम प्रस्तुतिको लागि फाईनल भएको छ । सोही अनुरुप पहिलो प्रस्तुति बुटवलकी सुजाता पाण्डेले दिएकी हुन।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा