सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ । नेकपा (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका निर्वाचन शनिबार भइरहेको छ । निर्वाचन बिहान ९ देखि सुरु भएको र अपराह्न ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनले अखिल क्रान्तिकारीको आगामी नेतृत्वका लागि ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ केन्द्रीय सदस्यसहित २४३ जना चयन गर्नेछ ।
निर्वाचन समितिका अनुसार ३३ पदाधिकारीका लागि १५५ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । नौं उपाध्यक्ष पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । यस्तै, एक महासचिवका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । ९ उपमहासचिवका लागि ३६ जना, १२ सचिवका लागि ५८ जना र एक कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् ।
अध्यक्षका लागि हेमन्त राई, सुदिन पौडेल, विजयप्रकाश शर्मा सापकोटा, योगेन्द्र बुढा र उपदेश यादव मैदानमा रहेको निर्वाचन समितिले जनाएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा