सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । डिएभि सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा हुने टिप टप इन्डो नेपाल टी–२० क्रिकेट प्रतियोगिता आगामी आइतबारबाट सुरु हुने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताबारे जानकारी गराएको हो । माघ १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ६ टोलीको सहभागिता छ । यस्तै प्रतियोगिताको मुख्य प्रायोजक टिप टिप छ ।
प्रतियोगितामा १६ बर्ष मुनिका र कक्षा १० सम्म अध्यनरत विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् ।
लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका सबै खेल तल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा एक्सिलेन्ट क्रिकट सेन्टर, बोलपुर युथ टाउन, वेस्ट बंगाल, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, टिप टप डिएभी क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र एन्जल्स स्पोट्र्स एकेडेमीको सहभागिता रहनेछ ।
यस्तै पत्रकार सम्मेलनमा डिएभीका सह–प्रध्यानध्यापक रामचन्द्र खनाल, प्रतियोगिता डाइरेक्टर पुर्नेन्दु घोष र प्रतियोगिताका टेक्निकल हेड रवीन्द्र गुप्तालगायतको उपस्थिति थियो।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा