सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विरगंज (पर्सा) । पर्सा छिपहरमाई गाउँपालिका वडा नं ५ का स्थायीवासी तथा पूर्व प्रहरी निरीक्षक अरुणकुमार कुस्वाहा जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् ।
जसपाका उप–महासचिव समेत रहेका संघीय खानेपानीमन्त्री प्रदीप यादवले आज यहाँ आयोजित एक कार्यक्रमाबीच उनलाई पार्टी प्रवेश गराएका हुन् ।
पूर्व प्रहरी निरीक्षक कुस्वाहालाई प्रवेश गराउन पाएकोमा आफू निकै खुशी भएको मन्त्री यादवले बताए।
‘आज मिति २०८१ माघ ११ गते, जनता समाजवादी पार्टी (जसपा), मा पर्सा जिल्ला, छिपहरमाई गाउँपालिका, वडा नं. ५ निवासी पूर्व प्रहरी निरीक्षक अरुणकुमार कुसवाहाजसपा)मा प्रवेश गर्नु भएको छ । नवप्रवेशी कुसवाहा ज्युलाई पार्टी मा स्वागत गरेको छु ।’ उप–महासचिव एवम् मन्त्री प्रदीप यादवले समाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा