सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अर्थ मन्त्रालयका अर्थ सचिव राम प्रसाद घिमिरेले कहिले काँही पपुलिजमको लागि मात्र पोलिसि घोषणा गर्ने नभएर लागू योग्य पनि बनाउनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ७३ औं अन्तराष्ट्रिय भन्सार दिवको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा पोलिसि राम्रो भयो तर लागू कमजोर भन्ने कुरा बारम्बार आउने गरेको भन्दै उनले पोलिसि शब्दमा मात्र राम्रो भएर त्यसलाई राम्रो भन्न नमिल्ने बताएका हुन् ।
उनले भने,‘लागू नहुनुमा कहिँकतै पोलिसिमा नै कमि भएको हो कि ? कहिले काँही पपुलिजमको लागि पोलिसि घोषणा भयो तर लागू हुन योग्य खालको भएन भने त्यो लागू नहुन सक्छ । त्यसैले पोलिसिको लागू पनि घोषणा पनि गर्नुपर्छ । त्यसमा हामी सजक छौं । सामान्यतया बाहिर मानिसले भन्ने के हो भने नेपालमा पोलिसि राम्रो भयो तर लागू कमजोर भन्ने छ । पोलिसि शब्दमा मात्र राम्रो भएर त्यसलाई राम्रो भन्न मिल्दैन् ।’
त्यस्तै उनले सरकारले घोषणा गरेको कुरालाई लागू पनि गर्नुपर्छ भन्ने कुरामा आफूहरु सजक रहेको भन्दै त्यसको निन्तरताको प्रत्याभूति हुने गरी व्यवस्था गर्ने बताए ।
उनले भने,‘सहुलियतपूर्ण कर्जालाई अहिले हामीले घोषणा गर्न थालिसकेको छौं । त्यसलाई हामी निरन्तरता दिन्छौं ।
किनकी सरकारले घोषणा गरेको कुरालाई लागू गर्नुपर्छ भन्ने कुरामा हामी सजक छौं । हामीले निन्तरताको प्रत्याभूति हुने गरी व्यवस्था गर्छौँ ।’
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा