सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौं र सांघाई इतिहास म्यूजियमको आयोजना तथा नेपालस्थित चिनियाँ राजदूतावास र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहभागितामा ‘शुभमय जिन्दगी ः नववर्षे चित्रकला’ प्रदर्शनी सुरु भएको छ ।
शुक्रबारदेखि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा चित्रकला’ प्रदर्शनी सुरु भएको हो ।
समारोहमा पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाल र चीनबिचको सम्बन्ध ऐतिहासिक रहेको बताउँदै यस्ता कार्यक्रमले सांस्कृतिक कूटनीतिलाई थप बलियो बनाउने बताइन् ।
उनले सन् १९५५ मा दुई देशबिच कूटनीतक सम्बन्ध स्थापना भएपश्चात् सम्बन्धले थप उचाइ लिएको बताउँदै पञ्चशीलको सिद्धान्तअनुसार नै नेपाल चीनबिच अघि बढिरहेको धारणा राखिन् ।
त्यस्तै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सांघाईको सांस्कृतिक जनजीवनको बिम्बी–झलकहरू चित्रकलामार्फत नेपालमै ल्याएर देखाइदिएकामा आयोजकप्रति आभार व्यक्त गरे ।
उनले भने, ‘यस प्रदर्शनीले आपसी अन्तर्राष्ट्रिय छिमेकी भाइचारा, एकआपसमा पर्यटन प्रवर्धन तथा सांस्कृतिक कलाको संवर्धनमा त्रिआयामिक सन्तुलन र समन्वयले पूर्वोत्तर एसियाको सांस्कृतिक सम्पदामा आपसी साझेदारी, जिम्मेवारी दुुई राष्ट्र ‘देशबिचको हितेरी–मितेरी’ अझ बढाउनका साथै विशेष संवेदनशील कलाकारी–कूटनीतिक सौहार्द र वैदेशिक सद्भाव कायम राख्न सकिने राम्रो सुअवसर पनि भएको छ ।’
साङ्घाई इतिहास सङ्ग्रहालयका प्रमुख चउ छुनह्वाले साङ्घाई र काठमाडौँ हजारौँ माइल टाढा भए तापनि यी दुई सहरहरूबिच गहिरो सम्बन्ध रहेको बताए । उनले प्राचीन रेशम मार्गले नेपाल र चीनलाई विगतमा एकअर्कामा परिचित हुन मद्दत गरेको धारणा राख्दै वर्तमान परिप्रेक्ष्यमा संस्कृतिका साथै आर्थिक क्षेत्रहरूमा पनि नियमित आदान–प्रदानले गर्दा यी दुई सहरहरूको सम्बन्ध अझ प्रगाढ भएको विचार राखे ।
उनले भने, ‘प्रत्येक नयाँ वर्षको चित्रले उज्यालो र गहिरो रङहरू, संवेदनशील र जीवन्त रेखाचित्रहरू र विविध विषयवस्तुहरूको विशेषता बोकेको हुन्छ । प्रदर्शनीमा राखिएका चित्रकलाले पौराणिक कथाहरूदेखि दैनिक जीवनका झलकहरूसम्म, ओपेरा कथाहरूदेखि चिनियाँ शुभ प्रतीकहरूसम्म यी चित्रहरूले चिनियाँ जनताको बौद्धिक सिर्जनशीलतालाई उजागर गर्दै परम्परागत चिनियाँ संस्कृतिको गहिरो मर्मलाई झल्काउँछ ।’
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरू, चिनियाँ कलाकारहरू, विभिन्न क्षेत्र तथा सङ्घ–संस्थालाई प्रतिनिधित्व गर्ने व्यक्तिहरूको सहभागिता रहेको थियो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा