सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल । निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । अस्वस्थ्यका कारण भौतिक रुपमा उपस्थित हुन नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारबाटै भर्चुअलरुपमा सुरुङको उदघाटन गरे ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन उक्त सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम भएसँग स्थानीयबासी उत्साहित भएका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले अब नेपाल दुर्गमबाट सुगम देशको रुपमा जाँदै गरेको बताए ।
‘यो खुसी तपाईं हामी सबैको खुसी हो । रुपन्देही र पाल्पाका जनताका लागि थप ठूलो खुसीको कुरा हो । यो हामी सबैको सफलता हो, यस्तै सफलताहरु जोडेर देशलाई सफल बनाउन सकिन्छ । यो सरकार स्थायित्व र बिकासका लागि बनेको छ,’ प्रधानमन्त्री ओलीले भने ।
मुख्य सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य लगायत उपस्थित रहेको थियो ।
सुरुङमार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रूपमा बोलपत्र आह्वान गरी सुरुङमार्ग निर्माण ठेक्का लगाएको थियो ।
सुरुङभित्र केही समस्या आए निस्कन मिल्नेगरी तीनवटा बाइपास बनाइएको छ । तेस्रो र पहिलो बाइपास को ‘ब्रेक थ्रु’ भदौ तथा असोजमा भएकामा दोस्रो बाइपासको ब्रेक थ्रु गत पुस ७ गते भएको हो । यहाँ पहिलो बाइपासको लम्बाइ एक सय ५१ मिटर, दोस्रोको लम्बाइ एक सय ६१ मिटर र तेस्रोको एक सय ३० मिटर छ ।
पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न हुनेछ ।
विस २०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भएपनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरूङ खन्न थालेको हो ।
सुरूङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत सहज हुनेछ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा