सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १० माघ । गरिमा विकास बैंकले डेविट तथा क्रेडिट कार्ड मार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाईन प्लेटफर्महरु मार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने थ्रीडी सेक्योर ई–कमर्श सेवाको सुरुवात गरेको छ ।
आफ्नो डिजिटल बैकिङ सेवालाई थप गुणस्तरीय एवं ग्राहकमैत्री बनाउने उद्देश्यका साथ बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा डेविट तथा क्रेडिट कार्ड मार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाईन प्लेटफर्महरु मार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने थ्रीडी सेक्योर ई–कमर्श सेवाको सुरुवात गरेको हो ।
उक्त सेवा सुचारु गर्न चाहने बैंकका डेविट तथा क्रेडिट कार्डहोल्डर ग्राहकहरुले यस विकास बैंकमा सम्पर्क गरी आफ्नो कार्डमा ई–कमर्श सुविधा सुचारु गर्न सक्नेछन् । उक्त कार्ड मार्फत सुरक्षित, गुणस्तरीय एवं ग्राहकमैत्री अनलाईन भुक्तानीको अनुभव गर्न सकिने बैंकले जनाएको छ । अनलाईन मार्फत वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरुको यस विकास बैंकमा रजिष्टर गरिएको मोबाईल नम्बरमा ओटिपि जाने व्यवस्था मिलाईएको हुँदा कारोबार थप सुरक्षित एवं गुणस्तरीय हुने विश्वास बैंकले लिएको छ ।
गरिमा विकास बैंक लिमिटेडले नविनतम डिजिटल बैकिङ मार्फत लामो समयदेखी आफ्ना ग्राहकवर्गहरुलाई सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ
हाल, बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएम साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा