सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । संकटा एफसीले चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा काठमाडौंको संकटाले ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
संकटाका लागि अबेका रिचर्डले दुई तथा चन्दन दासले एक गोलको मद्दत गरे ।
पहिलो हाफमा एक गोल गरेको संकटाले दोस्रो हाफमा दुई गोल थप्न सफल भयो । संकटाले अब मछिन्द्र क्लब र नेपाल एपीएफ क्लबबीचको विजेतासँग सेमिफाइनल खेल्ने छ भने खेल शुक्रबार हुनेछ ।
सभापति कपमा ८ टोलीको सहभागिता रहेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा