सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बिहीबार – नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध दायर बलात्कार मुद्दामा उच्च अदालत पाटनले छानबिन अघि बढाउन आदेश दिएको छ। बुधबार न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले बलात्कार पीडित महिलाको जाहेरी तत्काल दर्ता गरी महरमाथि अनुसन्धान अघि बढाउन सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको हो।
पीडित महिलाले २०८० साल जेठमा महरबाट बलात्कार भएको दाबी गर्दै जाहेरी दिएको भए पनि प्रहरी प्रशासनले जाहेरी दर्ता नगरी तामेलीमा राखेपछि उनले उच्च अदालतमा रिट दायर गरेकी थिइन्।
पीडितले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिए पनि प्रहरीले मुद्दा चल्ने अवस्था नभएको भन्दै तामेलीमा राखेको थियो। यस निर्णयलाई चुनौती दिँदै पीडितले उच्च अदालतमा न्यायका लागि निवेदन पेश गरेकी थिइन्। अदालतले प्रहरीले जाहेरी दर्ता नगरेको कदमलाई गैरकानुनी भन्दै अनुसन्धान अघि बढाउन आदेश दिएको हो।
पीडितका अनुसार नेता ऐन महरले २०८० जेठमा आफूलाई आफ्नै कार्यालयमा बोलाएर बलात्कार गरेका थिए। जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेपछि उनले हुलाकमार्फत जाहेरी पठाएकी थिइन्, जसपछि मात्र त्यो दर्ता भएको थियो।
ऐन महर नेकपा एमालेका केन्द्रीय सदस्य हुन् र उनी अनेरास्ववियुका पूर्वअध्यक्षसमेत रहेका छन्। उनको गृह जिल्ला सुदूरपश्चिमको बझाङ हो।
उच्च अदालतको आदेशपछि महरविरुद्ध छानबिन प्रक्रिया सुरु हुने भएको छ। पीडितले यो निर्णयलाई न्यायप्राप्तिको दिशामा एउटा महत्त्वपूर्ण कदम मानेकी छिन्।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा