सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ९ माघ । शेयर बजार उच्च अङ्कले बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से आज बुधबार ५२ दशमलव ३६ अंकले बढेर २ हजार ६६५ दशमलव ४५ विन्दुमा पुगेको छ । आजको कारोबार रकम झन्डै २ महिनायताकै उच्च हो ।
कारोबार रकमसँगै नेप्से पनि बढेको यसदिन ३२२ वटा कम्पनीका १ करोड ७६ लाख कित्ता शेयर ९ अर्ब २० करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर ६१ करोड ३६ लाखको शेयर किनबेच भयो ।
आज सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर ४ प्रतिशतभन्दा धेरैले बढेको छ । यस्तै लगानी समूहको शेयर साढे ३ प्रतिशतभन्दा धेरै तथा विकास बैंक, होटल, जलविद्युत्, व्यापार समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज कर्पोरेट विकास बैंक र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर भने ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा