सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) मा काठमाडौं माभरिक्सले दोस्रो जित हात पारेको छ । मंगलबार भएको खेलमा हिमालयन रेडर्सलाई ५६–३४ को फराकिलो अन्तरमा हराउँदै दोस्रो जित हात पारेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको दिनको पहिलो खेलमा काठमाडौंले एकपक्षीय दबाब बनायो ।
पहिलो हाफमा तीन पटक काठमाडौंले हिमालयन रेडर्सलाई अल आउट गर्यो । १८ अंक ट्याकलबाट मात्र जोड्दा पहिलो हाफमा काठमाडौंले ३६–१३ को सानदार अग्रता बनायो ।
दोस्रो हाफमा पनि हिमालयन निरिह बन्यो । स्कोर जोडिरहन सफल काठमाडौंले चौथो पटक दोस्रो हाफमा हिमालयनलाई अल आउट गर्यो । दोस्रो हाफमा एक पटक भने हिमालयनले काठमाडौंलाई अल आउट गरेको थियो ।
काठमाडौंले बनाएको ५६ स्कोर जारी लिगको सर्वाधिक स्कोर पनि बनेको छ । यसअघि धनगढी वाइल्ड क्याट्स विरूद्ध विराटनगर ब्यान्डिट्सले ४६ स्कोर गरेको थियो ।
तेस्रो खेलमा दोस्रो जित सहित काठमाडौंले ११ अंक बनाएको छ । हिमालयन रेडर्सको यो दोस्रो हार हो । टोलीको ५ अंक छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा