सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ८ माघ । कुमारी बैंक लिमिटेड र नक्शालस्थित वात्सल्य नेचुरल आईभिएफ प्रा.लि. बीच कुमारी बैंकका ग्राहकलाई लक्षित गरी विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।
यस समझौताअन्तर्गत, कुमारी बैंकका ग्राहकहरूले वात्सल्य आईभिएफका विभिन्न सेवाहरूमा विशेष छुट पाउनेछन्। ग्राहकहरूले वात्सल्य आईभिएफ प्याकेजमा रु. १०,००० को छुट, उपचारको क्रममा आवश्यक पर्ने प्याथोलोजी परीक्षणहरूमा १०% छुट, र औषधि खरिदमा ५% सम्म छुट प्राप्त गर्न सक्नेछन्।
कुमारी बैंकले २३ वर्षदेखि आफ्नो ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर, र ५४ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई सुरक्षित र आधुनिक सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले आगामी दिनहरूमा अझ सहज र उत्कृष्ट सेवा उपलब्ध गराउन विभिन्न सहकार्य र साझेदारी गर्दै जाने प्रतिबद्धता जनाएको छ।
ग्राहकलाई बैंकिङ र स्वास्थ्य सेवामा लाभ पुर्याउने उद्देश्यले गरिएको यो सहकार्यले ग्राहकहरूलाई थप सुविधा र पहुँच प्रदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा