सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । स्पेनका लागि आवासीय नेपाली राजदूत सनिल नेपाल स्पेन पुगेका छन् ।
राजदूतको कार्यभार सम्हाल्न नेपाल हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।
राजदूत नेपाललाई राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर २८ गते राजदूतमा नियुक्त गरेका थिए । सरकारले उनलाई गत साउन १६ गते स्पेनका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसपछि गत भदौ २७ गते संसदीय सुनवाई भई संसदीय समितिबाट नेपालको नाम अनुमोदन भएको थियो ।
यस अघि उनलाई विसं २०८० माघ २६ गते राष्ट्रपति पौडेलले नै पोर्चुगलका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए ।
तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० कार्तिक २३ गते पोर्चुगलमा दूतावास स्थापना गर्ने र उनलाई राजदूतमा नियुक्त गर्ने निर्णय भएको थियो ।
कुटनीति, राजनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञका रूपमा क्रियाशील नेपाल अहिले नियुक्त भएका राजदूतमध्ये सबैभन्दा कम उमेरको राजदूत हुन् । उनले यसअघि दर्जनौ अन्तर्राष्ट्रिय दातृ निकायसँगै स्वदेशी तथा विदेशी संघ संस्थाहरुका विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् ।
उनले स्पेनमा नेपाली राजदूतका रुपमा रहँदा नेपाल र नेपालीको हितमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्पेनबाट नेपालको अर्थतन्त्र, पर्यटन, संस्कृति, रोजगारी, शिक्षा लगायतका क्षेत्रमा लाभ पु¥याउने उपायहरू खोज्ने बताए ।
उनलाई सरकारले अर्को युरोपेली मुलुक माल्टाको समेत जिम्मेवारी तोकेको छ । माल्टामा नेपाली दूतावास नरहेकाले उनलाई नै जिम्मेवारी तोकिएको हो ।
उनलाई नेपाल सरकारले माल्टाको समेत जिम्मेवारी तोकेर पठाएकोमा माल्टामा रहेका नेपालीहरूले खुसी व्यक्त गरेका छन् । माल्टामा पछिल्लो समय रोजगारीका लागि नेपालीहरू जानेक्रम तीव्र रुपमा बढेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा