सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ। कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडिआइजी छविलाल जोशीलाई काठमाडौँ जिल्ला अदालतले ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार, जोशीले धरौटी बुझाएपछि रिहा हुनेछन्।
यसअघि, जोशीले कास्की जिल्ला अदालतमा ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण मुद्दामा ८८ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। काठमाडौँमा भने उनले ढिला गरी अदालतमा उपस्थिति जनाएका थिए।
सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेले पनि कास्कीमा ६५ लाख र काठमाडौँमा ६० लाख रुपैयाँ बैंक ग्यारेन्टी धरौटी बुझाएर रिहा भइसकेका छन्।
यो प्रकरणमा रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ भने चितवनमा दर्ता प्रक्रिया चलिरहेको छ। सहकारीले उच्च ब्याजको प्रलोभन देखाई सर्वसाधारणलाई ठगी गरेको आरोपमा देशभर विभिन्न स्थानमा मुद्दा दर्ता हुँदै आएको छ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणले देशभरका सहकारी संस्थाहरूको नियमन र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। पीडितले आफ्नो रकम फिर्ता पाउन माग गरिरहँदा यो प्रकरणले सरकार र नियामक निकायलाई सहकारी क्षेत्र सुधार गर्न दबाब दिएको छ।
सहकारी प्रकरणमा संलग्न अन्य आरोपीहरूलाई पनि कानुनी प्रक्रियामा ल्याइने र मुद्दा टुंग्याइने सम्बन्धित अधिकारीहरूले बताएका छन्।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा