सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ माघ । साताको दोस्रो दिन पनि शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमबार ६ दशमलव ७८ अङ्कले बढेर २ हजार ६०७ दशमलव ९९ विन्दुमा पुगेको छ ।
यसदिन ३११ वटा कम्पनीका १ करोड ३६ लाख कित्ता शेयर ६ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै रिभर फल्सर्ए पावरको शेयर २४ करोड भन्दा बढिको किनबेच भयो ।
आज बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत्, माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर बढेको छ । आज अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
यसदिन मानुषी लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै ९ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन विन नेपाल लघुवित्त, सुपर माई हाइड्रोपावर, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा