सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ माघ । नेपाल पूर्वाधार बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६४ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.९७ प्रतिशतले कम हो। गत वर्ष यो अवधि बैंकले ६८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको खुद ब्याज आम्दानीमा कमी आउँदा नाफामा असर परेको देखिन्छ। दोस्रो त्रैमासमा बैंकले १ अर्ब ४ करोड रुपैयाँ मात्र ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ३६ करोड रुपैयाँभन्दा २३.५३ प्रतिशतले कम हो।
नाफा घट्दा बैंकको प्रतिसेयर आम्दानी (EPS) पनि कम भएको छ। अघिल्लो वर्ष यो ६ रुपैयाँ ३९ पैसा रहेकोमा अहिले ५ रुपैयाँ ९४ पैसामा झरेको छ। साथै, बैंकको निष्क्रिय कर्जा (Non-performing Loan) ०.३० प्रतिशत पुगेको छ, जबकि अघिल्लो वर्ष पुस मसान्तसम्म यस्तो कर्जा शून्य थियो।
पूर्वाधार क्षेत्रमा ऋण लगानी गर्दै आएको निफ्राले यस त्रैमासमा वित्तीय चुनौतीको सामना गर्नुपरेको छ। ब्याज आम्दानीमा गिरावट र निष्क्रिय कर्जाको उपस्थितिले बैंकको नाफामा नकारात्मक प्रभाव परेको देखिन्छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा