सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मुगु । पाठेघर मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) अभियान यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म मुगुका चार वटै स्थानिय पालिकामा सञ्चालन गरिने भएको छ ।
अभियान जिल्लाका चारै स्थानीय तह रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ६ देखि १० सम्मका अध्यानरत छात्रा ३ हजार ८ सय ८५ जनालाई लक्षित गरी एचपिभी खोप सञ्चालन हुने जिल्ला अस्पताल मुगुका स्वास्थ्य सेवा ब्यवस्थापक तथा कार्यालय प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी दिए ।
डाक्टर नगरकोटीका अनुसार ‘गम्भीर प्रकृतिको एलर्जी, गर्भवती महिलाको लागि यो भ्याक्सिन दिन नमिल्ने केन्द्रबाट निर्देशिका जारी भएको छ र यही निर्देशिका बाहिर गएर खोप लगाउन नमिल्ने र कक्षा ६ देखि १० सम्मका छात्रा र बिद्यालय बाहिरका १० देखि १४ बर्षका बालिकाहरूलाई बिद्यालयमा रहेको खोप केन्द्रमा एचपिभी पाठेघर मुखको क्यान्सर विरूद्दको खोप लगाइने छ ।
मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जिल्ला स्थित सबै सन्चारकर्मीहरू लगायत सरोकारवाला पक्षलाई यस अभियानमा सहकार्य गर्न र व्यापक प्रचार प्रसार गर्न आग्रह गरेका छन् । एचपीभी खोप अभियान २०८१ अन्तर्गत मुगुमा पहिलो पटक सञ्चालन गर्न लागिएको हो । अभियानले बालिकाहरूको स्वास्थ्य सुधार गर्दै पाठेघर मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । खोप केन्द्रमा भिडभाड हुने अवस्थालाई मध्य नजर राख्दै अपागंता ,असायहरुलाई प्रथामिकता दिँदै गोपनियताको ख्याल राख्दै सञ्चालन गर्न र गराउनको लागी स्वास्थ्य कार्यालयलाई निर्देशन समेत गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय मुगुको यो अभियान सफल पार्नका लागि विद्यालय, अभिभावक र सरोकारवालाहरुलाई सक्रियताका साथ सहभागी हुन जिल्ला अस्पताल मुगुका अस्पताल विकास समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्लले अपिल समेत गरे ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा