सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । साताको पहिलो कारोबारको दिन शेर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतबार १२ दशमलव ५८ अङ्कले बढेर २ हजार ६०१ दशमलव २१ विन्दुमा पुगेको छ ।
कारोबार रकम पनि बढेको यसदिन ३२५ वटा कम्पनीका १ करोड २९ लाख कित्ता शेयर ६ अर्ब २५ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरे एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर २६ करोड ८५ लाख रुपैयामा किनबेच भयो ।
आज होटल, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज फाइनान्स र उत्पादन समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
बजार दोहोरो अङ्कले बढेको दिन बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा