सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी आज जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्। कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा जोशीविरुद्ध संगठित अपराध र ठगीको मुद्दा दायर भएको हो।
जोशीविरुद्धको मुद्दा आज न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा सुनुवाइ भएको छ। यसअघि उनीविरुद्ध कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोगमा मुद्दा दायर गरिएको थियो।
स्वर्णलक्ष्मी सहकारीले ६९० जना बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ। यो प्रकरणमा छविलाल जोशीसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको हो।
यसअघि कास्की जिल्ला अदालतले जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो। सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ६० लाख धरौटी बुझाएर रिहा भएका थिए।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा