सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ।
माघ ४ गते बसेको सञ्चालक समितिको ३४औं बैठकले बोनस सेयर वितरणको निर्णय गरेको हो। कम्पनीले बोनस सेयरमा लाग्ने कर भने सेयरधनीहरूले आफैंले तिर्नुपर्ने जनाएको छ।
प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभामा प्रस्तुत गरिनेछ। साधारण सभाबाट अनुमोदन भएसँगै सेयरधनीहरूलाई लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।
हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गर्दै सेयरधनीहरूलाई प्रोत्साहन दिएको छ। यो घोषणाले सेयरधनीहरूमा सकारात्मक प्रभाव पारेको र कम्पनीप्रतिको विश्वास अझ बलियो बनाउने अपेक्षा गरिएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा