सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड आज सम्पन्न भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले आफ्नै कार्यालयमा आईपीओको बाँडफाँड प्रक्रिया सम्पन्न गरेको हो।
कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो। प्रतिकित्ता १०० रुपैयाँका दरले जारी गरिएको यो आईपीओमा अत्यधिक चासो देखिएको छ।
क्यापिटलका अनुसार १९ लाख ६ हजार ७४८ आवेदकले २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन दिएका थिए। यो माग कम्पनीले निष्कासन गरेको सेयरभन्दा १३.६५ गुणा बढी हो।
कुल आवेदनमध्ये १८ लाख २२ हजार ४०५ कित्ता सदर भएको छ भने ८ हजार ४५२ आवेदन विभिन्न कारणले बदर भएको छ।
निष्कासन भएको १८ लाख ४५ हजार कित्ता सेयरमध्ये १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। तर, १६ लाख ३७ हजार ९०५ सदर आवेदकको हात भने खाली भएको छ।
कम्पनीको आइपीओमा कुल २ अर्ब ५१ करोड ९० लाख ३६ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो।
यो आईपीओमा व्यापक चासो देखिए पनि सीमित सेयर संख्याका कारण धेरैजना आवेदन पारित भए पनि सेयर हात पार्न सकेनन्।
आईपीको नतिजा हेर्नका लागि :
१. बिक्री प्रबन्धकको वेबसाइट : https://kumaricapital.com/
२. मेरो शेयरको वेबसाइट : http://meroshare.cdsc.com.np/#/login
३. सिडिएसको वेबसाइट : http://iporesult.cdsc.com.np/
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा