सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अनलाइन गिफ्टिङ प्लेटफर्म ‘नौलो कोशेली’को दोस्रो आउटलेट पुलचोकको झम्सिखेलमा संचालनमा आएको छ । माघ ४ गतेदेखि झम्सिखेलमा दोस्रो आउटलेट संचालनमा आएको हो ।
आउटलेटबाट बेकरी आइटमसहित फोटो फ्रेम, क्यानभास, फ्लावर, ह्याण्डिक्राफ्ट, बुटिक, कस्टुमाइज वालेट, वुडन क्राफ्ट लगायत विभिन्न पर्सनलाइज्ड गिफ्टहरू खरिद गर्न सकिने छ । दोस्रो आउटलेट सञ्चालनमा आएको अवसरमा जनवरी महिनाभर प्रत्येक खरिदमा ५ प्रतिशत छुट पाइने छ ।
यसअघि नौलो कोशेलीले युएन पार्कमा पहिलो आउटलेट संचालनमा ल्याएको थियो । पछिल्लो समय नेपालमा गिफ्टिङ संस्कृति बढ्दै गएको छ । त्यसका लागि धेरैको रोजाइमा नौलो कोशेली पर्ने गरेको छ ।
आउटलेट बाहेक अनलाइनबाट पनि नौलो कोशेलीबाट गिफ्टहरू अर्डर गर्न सकिने छ । फेसबुक, इन्स्टाग्राम लगायत नौलो कोशेलीको वेबसाइटबाट सजिलै आफुलाई मनपर्ने गिफ्टहरू अर्डर गर्न सकिने छ । कम्पनीले नेपालभर नै डेलिभरी सेवा प्रदान गर्नेछ ।
साथै विदेशमा बस्ने नेपालीहरूले पनि सजिलै आफ्ना घर परिवार, साथीभाइ लगायत आफन्तहरूलाई नौलो कोशेलीमार्फत गिफ्ट पठाउन सक्नेछन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा