सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । शनिबार काठमाडौंको न्यूनतम तापक्रम घटेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन भएको छ ।
शुक्रबार बिहानको तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको थियो । गत शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस थियो ।
त्यसपछि आइतबार र सोमबार ५ डिग्री सेल्सियस , मंगलबार ४.८, बुधबार ४.३, बिहीबार ४.६ र शुक्रबार ४.६ डिग्री सेल्सियस मापन भएको थियो ।
आज (शनिबार) दिउँसो काठमाडौंको मौसम मुख्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ । अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने आँकलन छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा