सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ ।
राजनीतिक दलका नेता र कलाकारहरुबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । खेल यही माघ ७ गते देखि प्रारम्भ हुँदैछ ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा आएका गायक आनन्द कार्कीले खेल र खेलमैदानले देशको इज्जत राख्ने बताए । उनले खेलमैदानलाई सबै मिलेर व्यवस्थित बनाउनुपर्ने बताए ।
उनले भने, ‘मैले यसलाई सकारात्मक रुपमा लिएको छु । खेलकुद क्षेत्र र संगीत मिलेर अगाडी बढे देशमा एक किसिमको राम्रो सन्देश दिन सकिन्छ ।’
‘खेलमैदान हाम्रो देशको इज्जत हो । यसलाई सबै मिलेर बनाउनुपर्छ । सरकारको तर्फबाट होस् या नीजि क्षेत्रबाट होस् सबै मिलेर काम गर्नुपर्छ । यो हाम्रो आवश्यकता पनि हो । हाम्रो राम्रो ग्राउड नै छैन । यसलाई व्यवस्थित हिसाबमा लिएर जानुपर्छ ।’
अर्का कलाकार विमलराज क्षेत्रीले नेपाललाई खेलकुद हब बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘खेलकुद र संगीत दुबै क्षेत्रमा आकर्षण छ । खेल र गीत संगीतले मनोरञ्जन दिन्छ । तनावहरुलाई कम गर्छ । त्यही भएरपनि नेपाललाई खेलकुद हब बनाउनुपर्छ । वातावरणीय हिसाबले पनि नेपालमा हरेक सिजनमा हरेक गेमहरु आउट डोर खेल्न सकिन्छ । ’
नेविसंघका अध्यक्ष दोजुङ शेर्पाले क्रिकेट प्रतियोगितामामार्फत जलवायु परिवर्तनले गर्दा नेपाललाई परेको असर र लागूपदार्थ दुव्र्यसनीमा फसेका युवाहरुलाई चेतना फैलाउने बताए ।
उनले भने, ‘अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय क्रिकेट प्रतियोगितामा तीनवटा देशका विश्वविद्यालयहरु सहभागी हुँदैछन् । नेपाल, भारत र बङगलादेशका विभिन्न विश्वविद्यालयहरु सहभागी हुँदैछन् । यसले नेपालको ग्रास लेबलका क्रिकेटरहरु अर्थात विद्यार्थीहरुले आफ्नो क्षमतालाई प्रदर्शन गर्न पाउनु भएको छैन् । त्यसका लागि हामीले मैदान बनाएका हौं । संगसंगै अहिले बढ्दो जलवायु परिवर्तनले गर्दा सबैभन्दा बढी असर नेपाललाई परेको छ । यसैमार्फत संसारलाई म्यासेज दिनुपर्छ साथै अहिले बच्चाहरु लागुपदार्थ दुव्र्यसनीमा लागेको देखिन्छ । त्यसैका लागि पनि प्रतियोगिताले सन्देश दिनेछ ।’
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा