सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप । विगतमा परम्परागत रूपमा गरिँदै आएको काठमा भाँडा बनाउने पेसा प्रविधिको विकाससँगै आधुनिक बनेको छ ।
आधुनिक प्रविधिको प्रयोगबाट काठमा ठेकी, हर्पे, आरी, ढुङ्ग्रालगायतका भाँडा बनाएर यस पेसामा संलग्न मानिसले राम्रो आम्दानी गर्ने गरेका छन् ।
विगतमा काठका भाँडा बनाउनेलाई चुँदारो भनिन्छ । पानीमा काठको फिर्के घुमाएर त्यसमा काठ काट्ने धारिलो फलामको मानी राखेर काठको आकार र आवश्यकता अनुसारका भाँडा बनाउने गरिन्थ्यो ।
अहिले प्रविधिको प्रयोग गरी मोटर चलाएर काठका भाँडा कुँद्ने काम हुन लागेको लामो सयदेखि सो काममा संलग्न रामेछापको खाँडादेवी गाउँपालिका–४ का मङ्गलबहादुर बिक बताउँछन् । २५ वर्षको उमेरदेखि काठका भाँडा कुँद्दै आएका मङ्गलबहादुर अहिले ६४ वर्ष हुँदापनि यही काममा छन् ।
विगतमा खोलाको पानी कुलोबाट झारी फिर्के घुमाएर भाँडा कुँद्दै आएका बिक अहिले गाउँमा घरमा नै मोटर राखेर काठमा भाँडा बनाउँछन् । खोलाको चिसोमा बसेर गर्नुपर्ने काम अहिले घरभित्र न्यानोमा गर्न मिल्ने भएको छ । ‘पहिला खोलाको चिसोले शरीर सबै सुन्निन्थ्यो, अहिले त धेरै सजियो भयो’, विकले भने ।
पानीबाट फिर्के घुमाएर भन्दा बिजुलीबाट मोटर घुमाएर काम गर्दा काम गर्न पनि सजिलो र छिटो हुने मङ्गलबहादुरको अनुभव छ । मोटरमा फिर्के घुमाउने शक्ति बढी हुने भएको कारण कामलाई छिटो र सजिलो बनाएको छ ।
काठका ठेकी, हर्पे, ढुङ्ग्रो, आरी लगायतका घरायसी प्रयोगका सामान तथा विभिन्न कलात्मक सामान बनाउँदै आएका मङ्गलबहादुरले एक लिटर दही÷मोही अट्ने भाँडालाई पाँचसय रुपैँयासम्म लिने गरेका छन् । यस हिसाबले एउटा ठेकीको ५÷६ हजार रुपैँयासम्म पर्दछ । उनले बनाएका साना–साना काठका सामानको न्यूनतम मूल्य पनि पाँचसय रुपैँया पर्दछ ।
आफूले दार र कटहरको काठका भाँडा मात्र बनाउने गरेको मङ्गलबहादुरले बताए । दार र कटहरको ठेकी भाँडामा दही, मोही र घिउ राम्रो हुने बताइन्छ । काम अनुसारको कमाइमा आफू सन्तुष्ट रहेको उनले बताए । ‘मिहिनेत अनुसारको कमाइ राम्रो छ, काम र कमाई दुवै कुराबाट सन्तुष्ट छु’, उनले भने ।
बजारमा आएको आल्मोनियम तथा प्लास्टिकका भाँडाहरूले काठमा भाडाको बजार केही कम भए पनि आफूले उत्पादन गरेको सामानको बिक्रीमा कुनै समस्या नभएको मङ्गलबहादुर बताउँछन् । आफूले बनाउने ठाउँमा आएर मानिसहरूले सामान किनेर लैजाने गरेका उनले बताए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा