सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप । मन्थली नगरपालिकाको १६ औँ नगर सभाले चारवटा विधेयक पास गरेको छ ।
मन्थली नगरपालिको पत्रकार सम्मेलन गरी सभाले चारवटा विधेयक पास गर्नुका साथै भिन्न प्रस्तावहरू समेत पास गरेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले सभाले कर तथा गैरकर विधेयक, आर्थिक ऐन २०८१ संशोधन विधेयक, विनियोजन ऐन २०८१ संशोधन विधेयक र नगर अस्पताल व्यवस्थापन तथा सञ्चालन विधेयक पास गरेको जानकारी दिए ।
सभाले न्यायिक समितिको प्रतिवेदन तथा बालमैत्री नगर घोषणा कार्ययोजना पनि स्वीकृत गरेको छ । त्यसै गरी आगलागी नियन्त्रण र सचेतना कार्यक्रम सञ्चालनमा जोड दिने प्रस्ताव सभाले स्वीकृत गरेको छ ।
यसैगरी मन्थली भुत्त्याहा खोला–टेकानपुर–कठजोर–धोबी सडकलाई सुब्बा कृष्णलाल लोकमार्ग नामकरण गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ ।
यस आर्थिक वर्षमा राजस्व सङ्कलनतर्फ ३ करोड ८५ लाख आम्दानी हुने लक्ष राखिएकोमा पुस २४ गतेसम्ममा १ करोड ८४ लाख १० हजार रुपैँया सङ्कलन भएको पनि श्रेष्ठले जानकारी दिए ।
यस वर्षको लागि १ अरब १ करोड ९७ लाख ८१ हजार रुपैँयाको बजेट स्वीकृत भएकोमा पुस अन्तिम सम्ममा चालु तर्फ ३६.६५ तथा पुँजीगत तर्फ ९ प्रतिशत खर्च भई जम्मा २८ प्रतिशत बजेट खर्च भएको पनि उनले जानकारी दिए ।
नगर उप–प्रमुख ईश्वरी बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकारहरूले राखेको जिज्ञासाका बारे श्रेष्ठका साथै उपप्रमुख बस्नेत, प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा उप–सचिव हेमन्त बुढाथोकीले दिएका थिए ।
पत्रकारहरूले रामेछापकै गौरवको रूपमा रहेको तीनलाल पार्कको नाम नै फेर्ने गरी पार्क सञ्चालनको जिम्मा लिएको फार्मले नाम परिवर्तन गरेको प्रति नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै नगरपालिकाका योजना अनुगमनमा पत्रकारलाई पनि सहभागी गराउन सुझाव दिएका थिए । नगरपालिकाको तर्फबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा