सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २९ पौष । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २०औं वार्षिक साधारण सभा २०८१ पुस २९ गते सोमबार काठमाण्डौको अम्रपाली ब्याङ्क्वेट, बालुवाटारमा सम्पन्न गरेको छ। साधारण सभामा बैंकको वित्तीय प्रस्तावहरूसहित विभिन्न महत्त्वपूर्ण निर्णयहरू पारित गरिएका छन्।
सभाले बैंकको चुक्ता पूँजी रु. ३,४३,०९,७१,३०२.५५ को ३.६५१६ प्रतिशत अर्थात् रु. १२,५२,८४,४१७ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। साथै, कर भुक्तानीका लागि ०.१९२२ प्रतिशत अर्थात् रु. ६५,९३,९१७ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिएको छ। बोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी रु. ३,५५,६२,५५,७१९.५५ पुगेको छ।
सभाले आ.व. ०८०/८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, तथा मर्जर र प्राप्तिसम्बन्धी प्रस्तावहरूलाई पनि पारित गरेको छ।
सांग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा र ३० एटीएममार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन, र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई प्राथमिकता दिँदै बैंकले आगामी दिनमा आफ्नो सेवा विस्तारलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा