सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २९ पौष । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ। वेस्ट इन्डिजले प्रस्तुत गरेको ११० रनको लक्ष्य पछ्याउँदै नेपाल १९ ओभर १ बलमा १०० रनमै अलआउट भयो।
नेपालका लागि सिमाना केसीले सर्वाधिक २३ रन जोडिन् भने कप्तान पूजा महतो र किरण कुँवरले समान १८ रन बनाए। वेस्ट इन्डिजका तृषा हार्दत, आलियाह वीकिस, र आमियाह गिल्बर्टले उत्कृष्ट बलिङ गर्दै समान २/२ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनाएको थियो। समरा रमनाथले २५ रन र असबी कलेन्डेरले २३ रन बनाए। नेपालका रचना चौधरी र सिमाना केसीले समान १/१ विकेट लिए।
नेपालले आफ्नो दोस्रो अभ्यास खेल माघ २ गते अमेरिकासँग खेल्नेछ।
आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप माघ ५ देखि २० गतेसम्म दक्षिण अफ्रिकामा आयोजना हुँदैछ। नेपाल समूह ‘डी’ मा अस्ट्रेलिया, बङ्गलादेश, र स्कटल्यान्डसँग रहेको छ।
१६ टोली सहभागी प्रतियोगितामा हरेक समूहबाट शीर्ष ३ टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्।
नेपालले यसअघि १९ वर्षमुनिको एशिया छनोट जितेर पहिलो पटक विश्वकपमा स्थान बनाएको हो।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा