सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २९ पौष । साताको दोस्रो दिन पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ५४ अंकले घटेर २ हजार ५९४ दशमलव १३ विन्दुमा झरेको छ ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको यसदिन ३२२ वटा कम्पनीका १ करोड ३८ लाख कित्ता शेयर ६ अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको ४५ करोड रुपैयाँ शेयर किनबेच भयो ।
आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा, उत्पादन, व्यापार समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।
यसदिन आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बाराही हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा