सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल सरकारका सहसचिव डा. भीष्म कुमार भूसालले भूकम्पले क्षति पुर्याएका संरचनाहरु सरकारले बनाउन करिब ३ देखी ५ लाख रुपैयाँ उपलब्ध गराउन सक्ने बताएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको पत्रकार सम्मेलनमा बोल्दै उनले डोटिमा गएको भूकम्पले क्षति पुर्याएका घरहरु पुर्नसंरचना गर्नका लागि सरकारले ४ लाख रुपैयाँ उपलब्ध गराउने बताएका हुन् ।
उनले भने, ‘भूकम्पले क्षति पुर्याएका घरहरु निर्माण गर्न सरकारले ३ देखी ५ लाखसम्मको रकम छुट्याएको छ । हिमाली क्षेत्रमा ५ लाख, पहाडी क्षेत्रमा ४ लाख र तराइ क्षेत्रका लागि ३ लाख छुट्याएको छ । अब यसमा घर बन्ने हो की होइन भन्ने पोचिलो प्रश्न उठ्नु स्वभाविक नै हो । हामीले भूकम्पले क्षति पुर्याएका डोटिका घरहरु पनि हेरे तर ति घरहरु २० देखी २५ हजारमा बनेका पनि छन् । अहिले चाँही सरकारले ४ लाखसम्म उपलब्ध गराउने भनेको छ ।’
यसैगरी उनले सरकारले आफ्नो क्षमता अनुसार कति सहयोग गर्छ त्यो सरकारको ढुकुटिमा निर्भर रहने बताए । उनले कुनै पनि विपद्मा भएको क्षतिको परिपुरण जस्ताको त्यस्तै संसारमा कुनै देशले पनि गर्न नसक्ने बताए ।
उनले भने, ‘सरकारको आफ्नो क्षमता अनुसार कति सहयोग गर्छ त्यो सरकारको ढुकुटिमा निर्भर पर्छ । बाँकी कुनै पनि विपद्मा भएको क्षतिको परिपुरण जस्ताको त्यस्तै संसारमा अमेरिकाले पनि गर्न सक्दैन । पुरै क्षतिको परिपुरण कुनै देशले गर्न सक्दैन । त्यसैले नेपालले पनि न्यूनतम आवासको चाँही हक सुनिश्चत गर्नको लागि सरकारले सपोर्ट गर्नुपर्ने विषय चाँही हो ।’
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा