सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको भूकम्प प्रभावित डिङ्ग्री काउन्टीका बालबालिकाहरु मनोवैज्ञानिक असर कम गराउन अस्थायी मनोरञ्जन केन्द्रमा समय विताइरहेका छन् ।
उनीहरुले उद्धारकर्मीहरूप्रति कृतज्ञता व्यक्त गर्दै आफ्ना चित्र र शब्दहरूमार्फत राम्रो भविष्यको आशा समेत व्यक्त गरेका छन् ।
विपद्पछिको पुनःनिर्माण र पुनर्निर्माणको काम भइरहेकाले उद्धारकर्ताहरूले स्थानीय बालबालिकालाई मनोवैज्ञानिक रुपमा स्वस्थ्य बनाउन विभिन्न प्रयासहरु जारी राखेका छन् ।
उद्धारकर्ताहरुले बालबालिकाका लागि फुटबल खेल्ने मैदान एवम फराकिला कोठासहितको पुनर्वास स्थलका रुपमा विकास गरिरहेका छन् ।
उक्त स्थानमा बालबालिकाहरुले मनोरन्जन लिइरहेका छन् । चित्र हेर्न, कोर्न र विभिन्न खेलहरुमा रमाएर उनीहरुले समय कटाइरहेका छन् ।
बालबालिकाहरुले भविष्यका योजनाहरु पनि सुनाउने गरेका छन् । ‘मेरो चाहना छ विपद् छिट्टै अन्त्य होस् र हाम्रो घर छिट्टै पुनर्निर्माण होस्, ताकि हामी बस्नको लागि आनन्दित ठाउँ पाउन सकौं,’ एक बच्चाले भने ।
‘म जनताको सेवा गर्न सिपाही बन्न चाहन्छु,’अर्का बच्चाले भने । ‘म डाक्टर बन्न चाहन्छु किनभने डाक्टरहरूले धेरै मानिसहरूलाई निको हुन मद्दत गर्न सक्छन्,’ तेस्रो बच्चाले भने ।
‘म आफूलाई बलियो बनाउन चाहन्छु ताकि यदि फेरि विपद् आयो भने, म धेरै मानिसहरूलाई मद्दत गर्न सक्छु र धेरै मानिसहरू र खाँचोमा परेका ठाउँहरूलाई आर्थिक सहयोग गर्न सक्छु,’अर्को बच्चाले थपे।
माघ ७ गते राति ९ः०५ मा डिङ्ग्री, सिगाजेमा गएको ६.८ म्याग्निच्युडको भूकम्पमा १२६ जनाको ज्यान गएको थियो । माघ ९ गते बिहान ९ बजेसम्म तीन सय ३७ घाइतेको उपचार भइसकेको छ भने २४६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।(सीसीटीभीप्लस)
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा