सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बकैया । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता अन्तर्गत सिनियरतर्फको पनि फाइनल समीकरण पूरा भएको छ ।
आइतबार बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर ६ लाई हराएर ९ नम्बर फाइनल प्रवेश गरेसंगै प्रतियोगिताको फाइनल समीकरण पूरा भएको हो ।
बकैया–९ ले ६ लाई ५–० फराकिलो गोलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । ९ को जीतमा विशाल भोलनले खेलको २१ औं मिनेटमा, पासाङ घलानले ४० औं मिनेटमा, विशाल जिम्बाले ७६ औं मिनेटमा र अभिषेक भोलनले ५६ औं र ८० औं मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच अभिषेक घोषित भए । अब वडा नम्बर ९ ले उपाधीका लागि वडा नम्बर ३ नम्बरसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल मंगलबार हुनेछ ।
यस्तै मंगलबार नै उपाधीका लागि जुनियरतर्फ वडा नम्बर १ र ११ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सिनियरतर्फको विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै जुनियरतर्फको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैैयाँ प्राप्त गर्नेछन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा