सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा । पोखरामा मोटरसाइकल तथा स्कुटर चोरी गर्ने कार्यमा संलग्न तीन जनालाई वडा प्रहरी कार्यालय बैदाम पोखराले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नं.११ बस्ने बर्ष २६ को सन्तोष लामिछाने र कास्कीको मादी गाउँपालिका वडा नं.३ घर भई हाल पोखरा १५ बस्ने बर्ष २७ को किरन परियार र नवलपरासीको पश्चिम सुस्ता गाँउपालिका वडा नं.५ बस्ने बर्ष ३० को प्रहलाद कोहारलाई पोखरामा स्कुटर चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका तीन जनामध्ये लामिछाने र परियारले गएको पुष ९ गते मध्यराति पोखराको पृथ्वीचोकमा पार्किङ गरी राखेको ग २५ प ७१३ नम्बर र ग १८ प २७३७ नं.को स्कुटर चोरी गरेकोमा ग १८ प २७३७ नं.को स्कुटर कोहारले किनेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी सन्तोष निरौलाले जानकारी दिए ।
पोखराको पृथ्वीचोकबाट चोरी भएको दुई वटा स्कुटर खोजतलाश गर्ने क्रममा अभियुक्तद्वय लामिछाने र परियार पक्राउ परेकोमा उनीहरुले आफूहरुले चोरी गरेको स्कुटर कोहारलाई बेचेको प्रहरी समक्ष बयान दिएका छन् । उनीहरुको बयानका आधारमा कोहारलाई ग १८ प २७३७ नं.को स्कुटर सहित नवलपरासीबाट पक्राउ गरेर ल्याइएको डिएसपी निरौलाले बताए ।
उनीहरु तीनै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा