सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस २५ । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र पूर्वगृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश नीतिज राईको इजलासले दिएको आदेशपछि लामिछानेले धरौटी बुझाएर रिहा हुनेछन्। उनी तारेखमा रहेर सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको पुर्पक्ष गर्नेछन्।
लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको ३१ करोड २६ लाख रकम दुरुपयोग गरेको आरोप छ। गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका उनले सहकारीको रकम आफ्नो संस्थामा लगानी गरेको दाबी गर्दै मुद्दा दायर गरिएको हो।
उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए भने पुस १४ गते संसद् पदबाट निलम्बन गरिएका थिए। सरकारी वकिलको कार्यालयले लामिछानेसहित ६३ जनाविरुद्ध सहकारीको रकम ठगी मुद्दा दायर गरेको छ।
सरकारी वकिलका अनुसार लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधको मुद्दा पनि चलाइएको छ। यस्तै, रामबहादुर खनाल, पूर्वडीआईजी छविलाल जोशी, र गितेन्द्रबाबु राईकी सहयोगी लीला पछाईंविरुद्ध पनि सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ।
सहकारी ठगी प्रकरणमा सरकारी वकिलले विभिन्न आरोपहरूसहित ६३ जनालाई प्रतिवादी बनाएको छ। लामिछानेसहितका आरोपीहरूलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अतिरिक्त ठगी मुद्दामा अदालतले पुर्पक्षको आदेश जारी गरेको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा