सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २५ पुस । एनएमबि बैंकले २९औँ वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा आयोजना गरेको छ। बैंकको सञ्चालक समितिका अध्यक्ष श्री मनोज कुमार गोयलज्यूको अध्यक्षतामा सम्पन्न यस सभामा सञ्चालक, शेयरधनी तथा अन्य गण्यमान्य व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामा बैंकले आर्थिक वर्ष २०८०/८१ का मुख्य उपलब्धिहरू र भावी रणनीतिहरू प्रस्तुत गरेको छ। बैंकका अनुसार, २०८१ आषाढ मसान्तसम्म बैंकले रु. २ अर्ब २४ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ। यसैगरी, कुल निक्षेप रु. २२७.१० अर्ब र कर्जा लगानी रु. २०४.६१ अर्ब पुगेको छ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत आफ्नो सेवा प्रदान गरिरहेको छ। बैंकले डिजिटल सेवा विस्तारमा पनि विशेष ध्यान केन्द्रित गरेको र ग्राहक अनुभवलाई अझ सरल, सहज र प्रभावकारी बनाउने योजना अगाडि सारेको छ।
साधारण सभामा बैंकका शेयरधनीहरूले आ–आफ्नो विचार प्रस्तुत गर्दै बैंकको निरन्तर प्रगतिको प्रशंसा गरेका छन्। उनीहरूले बैंकले अगामी दिनमा अझ व्यापक स्तरमा आर्थिक समृद्धिका लागि योगदान पुर्याउने विश्वास व्यक्त गरे।
एनएमबि बैंकले आफ्नो स्थापना कालदेखि नै नेपालको बैंकिङ्ग क्षेत्रमा उदाहरणीय भूमिका निर्वाह गर्दै आएको छ। २९औँ वार्षिक साधारण सभाले बैंकलाई अझ सुदृढ र अग्रणी बनाउन महत्वपूर्ण आधार तय गरेको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा