सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा माओवादीका उपमहासचिव एवम पूर्वमन्त्री शक्ति बहादुर बस्नेतले नेपाल एकीकरणको अपूर्णतालाई नेपालमा भएको पछिल्लो ‘जनक्रान्ति’ले पूर्ण गरेको बताएका छन् ।
बिहीबार पृथ्वी नारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘नेपालको एकीकरण तत्कालको समयका लागि बस्तुगत आवश्यक्ता थियो । त्यसका केही सीमाहरु थिए । तर ति सीमालाई पूर्ति गर्ने काम पछिल्लो समय नेपालमा भएको ‘जनक्रान्ति’ले गरेको छ । त्यसबेला अलिकति केन्द्रिकृत र एकात्मक चरित्र बन्न पुग्यो राज्यको । नेपाली समाजको बस्तुगत अवस्था र सामाजिक परिवेश, त्यसको ऐतिहासिक पक्ष, त्यसको रिल्फेक्सन हाम्रो राज्यको स्वरुप र चरित्रमा हुनुपर्ने थियो ।
राज्यको स्वरुप र चरित्रमा इतिहासको रिल्फेक्सन ठिक ढङगले हुन नसकेको अवस्था थियो । जसका कारण केही सीमा र अपूर्णता थिए ।
त्यसलाई नेपाली जनक्रान्तिले पूर्णता दिने काम गरेको छ ।’
उनले इतिहासलाई इतिहासकै चेतनाबाट अध्ययन गरिनुपर्ने र बर्तमानलाई बर्तमान कै आवश्यकताबाट अध्ययन गरिनुपर्ने बताए ।
देश भ्रष्टाचारको कहालीलाग्दो अवस्थामा डुब्दैछ ः केसी
कार्यक्रममा बोल्दै नेपाली काग्रेसका नेता अर्जुननरसिंह केसीले देश भ्रष्टाचारको कहालीलाग्दो अवस्थामा डुब्दै गएको बताए ।
उनले भने,‘अहिले वास्तवमा हाम्रो देश भ्रष्टाचारको कहालीलाग्दो अवस्थामा डुब्दैछ । सुशासन भनेको भ्रष्टाचारको महासागर जस्तो भएको छ ।
सुशासन भनेको कहींकतै झल्याकझुलुक देखिने मात्र भएको छ । धेरै चाहीं दुशासन राज प्रवृति बिकास भएको छ । यसलाई निराकरण गर्न राजनीतिक दलहरु मात्रै होइन सम्पूर्ण राज्य शक्ति एक हुनुपर्छ । अहिलेको राष्ट्रिय परिस्थिति एकदमै जटिल छ । चुनौतीपुर्ण छ र हामी अप्ठ्यारो यात्रामा छौ ।’
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा