सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २५ पौष । साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । हिजो बुधबारको कारोबार बढेको शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव १४ अङ्कले घटेर २ हजार ६३५ दशमलव ०९ विन्दुमा झरेको छ ।
नेप्से घटेपनि कारोबार रकम भने बढेको यसदिन ३०८ वटा कम्पनीका १ करोड ५७ लाख कित्ता शेयर ७ अर्ब ३० करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै सुपर मादि हाइड्रोपावरको शेयर ४४ करोड ८८ लाख बराबरको शेयर किनबेच भयो ।
आज होटल बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
यसदिन सप्तकोशी विकास बैंकको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन बाराही हाइड्रोपावर र हिमालयन पावर पार्टनर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा