सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लमजुङ, २४ पौष । जिल्ला प्रशासन कार्यालय लमजुङको निर्देशनमा अवैध हातहतियार नियन्त्रण गर्ने विशेष अभियान अन्तर्गत हालसम्म ११४ अवैध हातहतियार नियन्त्रणमा लिइएको छ। अभियानको सुरुवात जिल्ला प्रशासन कार्यालयले मिति २०८१।०७।११ गते सबै सरोकारवालालाई पत्राचार गर्दै हातहतियारको नविकरण नगरिएका वा अवैध रूपमा राखिएका हातहतियारहरू निकटतम प्रहरी कार्यालय वा प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको थियो।
जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ७६४ अवैध हातहतियारको विवरण प्राप्त भएकोमा ४७० को अभिलेख अद्यावधिक गरिएको छ। तीमध्ये ११४ अवैध हातहतियार नियन्त्रणमा लिइएको र थप हातहतियारहरू फेला पार्न प्रहरी टोली सक्रिय रहेको बताइएको छ।
प्रहरीका अनुसार अवैध हातहतियार नियन्त्रण गर्नका लागि सबै प्रहरी कर्मचारी परिचालित छन्। साथै, प्रशासनले यदि कसैसँग त्यस्ता अवैध हातहतियार रहेको भए प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा तत्काल बुझाउन अनुरोध गरेको छ।
प्रशासन र प्रहरी कार्यालयले जनताको सहयोगको पनि आह्वान गर्दै अवैध हातहतियार बुझाउन वा जानकारी दिन आग्रह गरेको छ। समाजलाई सुरक्षित बनाउनका लागि यो अभियानलाई सफल पार्न सबै नागरिकको साथ आवश्यक रहेको बताइएको छ।
अवैध हातहतियार सम्बन्धी जानकारीका लागि जिल्ला प्रशासन कार्यालय लमजुङ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
यस अभियानले लमजुङ जिल्लामा शान्ति, सुरक्षा र कानूनी शासनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा