सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालय अन्र्तगत प्राविधिक इन्जिनियरहरु नरहेको बताएका छन् ।
बुधबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले राष्ट्रिय खेलकुद परिषद्मा पनि प्रयाप्त मात्रामा धेरै इन्जिनियरहरु नरहेको बताएका हुन् ।
उनले भने, ‘हाम्रो समस्या भनेको हामीसँग खेलकुद मन्त्रालयअन्र्तगत प्राविधिक इन्जिनियरहरु प्रयाप्त मात्रामा छैनन् ।
हाम्रो राष्ट्रिय खेलकुद परिषद्मा समेत इन्जिनियरहरु छैनन् । करारमा लिएर काम सञ्चालन गरिरहेका छौं । करारमा ल्याए पनि इन्जिनियरहरुको ठूलो कमी महशुस भएको छ ।’
यसैगरी उनले नेपाली खेलकुद क्षेत्र अगाडि बढिरहेको बताए । उनले नेपाल किक्रेटले आफ्नो लयलाई अगाडि लादैँ गर्दा आर्थिक आर्जन राम्रोसँग गर्न सकिरहेको बताए ।
उनले भने , ‘खेलकुद अहिले निकै नै अगाडि बढिरहेको छ । जुन किसिमको नेपालमा किक्रेटले आफ्नो राम्रो लयलाई अगाडि बढाएर आर्थिक आर्जन गरिरहेको छ । यसरी नै खेल क्षेत्रले आर्थिक क्षेत्रमा विकास गर्न सक्छ । पर्यटनका क्षेत्रमा विकास गर्न सक्छ । खेलकुद खेलेर पनि बाच्न सकिन्छ यस्ता कुराहरु अगाडि बढीरहेका छन् ।’
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा