सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २४ पौष । गृह मन्त्रालयले सहसचिव रामचन्द्र तिवारीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ। सुनसरीको प्रमुख जिल्ला अधिकारीबाट हालै मन्त्रालयमा सरुवा भएका तिवारीलाई सुरक्षा समन्वय महाशाखा प्रमुखको जिम्मेवारीसँगै प्रवक्ताको भूमिकामा नियुक्त गरिएको हो।
मन्त्रालयको प्रचलनअनुसार, सुरक्षा समन्वय महाशाखा प्रमुखलाई नै प्रवक्ताको जिम्मेवारी दिइन्छ। तिवारीले अर्को सातादेखि औपचारिक रूपमा आफ्नो नयाँ जिम्मेवारी सम्हाल्नेछन्।
यसअघि प्रवक्ताको भूमिकामा रहेका ऋषिराम तिवारीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा गरिएको थियो। गत सोमबार गृह मन्त्रालयले १२ जना सहसचिव तथा उपसचिवहरूको सरुवा गरेको थियो, जसअनुसार रामचन्द्र तिवारीलाई मन्त्रालयमा ल्याइएको हो।
तिवारीले प्रवक्ताको जिम्मेवारीसँगै सुरक्षा समन्वय महाशाखा प्रमुखको भूमिका पनि निर्वाह गर्नेछन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा