सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । करिब चार महिनापछि मंगलबार (आज) मधेश प्रदेश सभाको बैठक बस्न लागेको छ । बैठक दिउँसो १ बजे बस्ने सचिवालयले जनाएको छ ।
आजबाट प्रदेश सभाको चौथो अधिवेशन शुरु हुन लागेको हो । प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक गत भदौ २९ गते बसेको थियो ।
आज बस्ने बैठकमा प्राकृतिक श्रोत र धान समितिको प्रतिवेदन पेश गरिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । साथै विभिन्न दलका नेताहरूले शुभकामना दिने कार्यसूचीमा उल्लेख रहेको छ ।
लामो समयदेखि प्रदेश सभा बैठक नबसेपछि जनता समाजवादी पार्टी नेपाललगायत अन्द पार्टीहरुले अहिलेको प्रदेश सरकार असफल भएको र कुनै काम गर्न नसेको भन्दै विरोध जनाउँदै आएको थियो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा