सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ३ गैडाटारलाई केरा उत्पादनको पकेट क्षेत्र भनेर चिनिन्छ । यहाँका कृषकले धान, मकै, गहँु, तोरी, मुसुरो, जस्ता अन्नबालीको छाडेर केरा खेति गर्न थालेका छन् ।
केरा खेतिबाट मनग्य आम्दानी हुने भएपछि यहाँ कृषकले अन्नबाली लगाउन छाडेका हुन् । केरा खेतिको सम्भावता, अवस्थाका बारेमा चन्द्रपुर एकेडेमीका विद्याथीहरुले सोमबार कृषकसंग भलाकुसारी गरेका छन् ।
कृषकले समेत केरा खेति गर्ने तरिका र आम्दानी लगायतका बिषयमा विद्याथीलाई बुझाएका छन् । अन्नबाली उत्पादनका लागि लगानी, परिश्रम र मेहनत बढि हुने तर उत्पादनमा कमि आउने र अपेक्षाकृत आम्दानी नहुने भएपछि केरा खेति गर्ने थालेको गैडाटारका कृषक दिपक श्रेष्ठले बताए ।
एउटा केराको बोटले एक पटकमा ८० देखि सय वटा केरा उत्पादन दिने र सो केरा प्रति गोटा ५ देखि ६ रुपैया सम्ममा बिक्रि हुने उनले बताए ।
एक पटक उत्पादन नहुन्जेल मेहनत र लगानी गर्नु पर्ने र उत्पादन हुन थालेपछि आम्दानी हुने केरा खेति गर्दै आएका कृषकको भनाई छ ।
गैडाटार क्षेत्रमा मात्र ३५ बिगाह भन्दा बढि क्षेत्रफलमा कृषकले केरा खेति गरेका छन् । केरा खेति तर्फ कृषककको आर्कषण बढेपनि स्थानिय निकायबाट सहयोग प्राप्त नभएको कृषकहरुको गुनासो छ । गाँउका अधिंकाश कृषकले केरा खेति नै गरेकाले गैडाटार केराका लागि परिचित वा पकेट क्षेत्रमा रुपमा चिनिने गरेको चन्द्रपुर नगरपालिकाले जनाएको छ । कृषकलाई प्रोत्साहन र उत्पादन बृद्धिका लागि नगरपालिकाले विभिन्न योजनाहरु ल्याउने बताएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा